आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

बैतडीमा पहिरोले घर पुरियो

बैतडीमा पहिरोले घर पुरियो

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • बैतडीमा पहिरोले घर पुरियो


    बैतडीको पुर्चौडी नगरपालिका–४, चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ ।

    अविरल वर्षासँगै खसेको पहिरोले बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिए । पहिरो खस्न लागेको थाहा भएपछि परिवारका सबै सदस्य घरबाहिर निस्केकाले मानवीय क्षति नभएको उनले बताए ।

    बोहराको गोठमा बाँधिएको एउटा भैँसी, पाडो र बाख्रो पहिरोले पुरिएको प्रहरी निरीक्षक बडुले जानकारी दिए । घरभित्रका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री नष्ट भएको उनले बताए ।

    घटनास्थलमा खटिएको प्रहरी टोली र स्थानीयले पहिरो पन्छ्याउने कार्य गरिरहेका छन् । पहिरोले घर पुरिँदा भएको क्षतिको विस्तृत विवरण संकलन भइनसकेको प्रहरी निरीक्षक बडुले जानकारी दिनुभयो ।

    बोहराको ११ जनाको परिवार हाल छिमेकी मोतीराम बोहराको घरमा बसिरहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार