शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नापी कार्यालय सर्लाही मलंगवामा नेपाल भूमि सूचना प्रणाली र मेरो कित्ता प्रविधि संचालन

नापी कार्यालय सर्लाही मलंगवामा नेपाल भूमि सूचना प्रणाली र मेरो कित्ता प्रविधि संचालन

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • नापी कार्यालय सर्लाही मलंगवामा नेपाल भूमि सूचना प्रणाली र मेरो कित्ता प्रविधि संचालन

    नापी कार्यालय सर्लाही मलंगवाले आज आईतवारबाट कार्यालयको सेवा प्रवाहलाई नेपाल भूमि सूचना प्रणाली– NeLIS प्रविधिबाट संचालनमा ल्याएको छ। नापी कार्यालयका प्रमूख नापी अधिकृत  संजय मानन्धरले NeLIS प्रविधि संचालनको पहिलो दिन आज “मेरो कित्ता” विधिवाट सेवाग्राही सुरज मैनालीलाई, नक्सा प्रिन्ट सेवा सेवाग्राहीहरु सविता कुमारी, गणेश महतो र रंगिला कुमारी सिँह लगायतकालाई प्रदान गरिएका छन्।

    NeLIS वर्तमान सुचना युगको प्रविधि आत्मसात गरी, छिटो-छरितो, गुणस्तरिय, भरपर्दो, दिगो सेवा प्रवाह गर्नको लागि बनाइएको  Application  हो। यो नेपाल सरकार, नापी विभागको पुर्ण स्वामित्वमा रहने गरी, स्वदेशी जनशक्ति र स्रोतसाधन परिचालन गरी तयार पारिएको छ। यस प्रणालीमा हाल नापी कार्यालयबाट प्रवाह भइरहेका सेवा समावेश छन् साथै नापनक्सा सम्बन्धी सेवाहरू यस अन्तर्गत विकास हुँदै छन्। यो प्रणाली आन्तरिक नेटवर्कमा मात्र संचालन हुन्छ। सो कारणले यसमा अरूको पहुँच रहन्न। सम्पुर्ण डाटा केन्द्रिय डाटाबेसमा राष्ट्रिय सुचना प्रविधि केन्द्रमा रहन्छ । 

    WhatsApp Image 2025-07-20 at 18.27.36_bb051132.jpg

    नापी कार्यालयहरुका लागि डिजिटल प्रविधिमा संचालन गर्न भनी तात्कालिन भुमि व्यवस्था मन्त्रालय अन्तर्गतको भू-सूचना तथा अभिलेख विभागले देश भरिका नापी कार्यालयमा रहेका कित्ता नापी नक्साहरु डिजीटाइज गरि नापी विभागको समन्वयमा सम्बन्धित नापी कार्यालयहरुमा हस्तान्तरण गरेको थियो। हाल देशभरका अधिकतम नापी कार्यालयहरुमा यिनै डिजिटल नक्साहरुबाट नक्सा-स्रेस्ता अद्यावधिक सम्बन्धि कार्यहरु संचालन हुने गरेका छन्।NeLIS केन्द्रिकृत एकीकृत डाटाबेसको सिद्धान्तमा काम गर्ने प्रणाली हो। यसको डाटाबेस PostgreSQL मा बनाइएको छ, जसमा PostGIS एक्सटेन्सन Spatial Data Handling को लागि प्रयोग हुन्छ। NeLIS, नापी कार्यालयको कामकाजको पंजीकरण गर्ने तथा पूर्ण रुपमा डिजिटल बनाउने प्रणाली हो।

    नापी कार्यालयहरुबाट प्रवाह गरिने केहि सेवाहरु ईन्टरनेट मार्फत जहांबाट पनी प्राप्त गर्न सकिने गरी "मेरो कित्ता-प्रणाली" पनि सेवाप्रवाहमा जोडिएको छ। यस प्रणालीमार्फत नक्सा प्रिन्ट, प्लटरजिस्टर प्रिन्ट, फिल्डबुक प्रिन्ट, फिल्डरेखाङ्कन निवेदनका सेवाहरु जोडिएका छन, भने हाल ईन्टरनेट मार्फत नक्सा प्रिन्टको सेवालाई मात्र हाल यस कार्यालयले परिक्षणको रुपमा शुरु गरेको छ।उक्त सेवा प्राप्त गर्नको लागि सम्बन्धित जग्गाधनीले आफ्नो जग्गाधनी प्रमाणपुर्जा, नागरिकता प्रमाणको रुपमा पेश गर्नुपर्ने हुन्छ। अनलाईन मार्फत नक्सा प्रिन्ट सेवा लिनको लागि देहाय बमोजिमको प्रक्रिया अपनाउनु पर्ने हुन्छ।

    WhatsApp Image 2025-07-20 at 18.27.35_062c8a95.jpg

    • साधारण प्रयोगकर्ताले सेवालिनको लागी https://merokitta.dos.gov.np/ मा तोकिएको ढांचामा online निवेदन पेश गर्नुपर्नेछ।
    • निवेदन पेश भए पश्चात मोवाईलमा OTP कोड आउंछ। सेवाको अवधिभर सो कोड आवश्यक हुन्छ।
    • कार्यालयहरुबाट सेवाको विवरण चेक जांच भैसकेपछी तिर्नुपर्ने राजश्व रकम को SMS प्राप्त हुन्छ। 
    • राजश्व तिर्नको लागि https://merokitta.dos.gov.np मा गई मोवाईल नम्बर र OTP प्रयोग गरी प्रणालीमा व्यवस्था गरिएको बिध्धुतिय माध्यमद्दारा वा भौचर प्रिन्टगरी वैक वाट समेत भुक्तानी गर्न सकिनेछ। 
    • भुक्तानी प्राप्त भएपछी, कार्यालयहरुबाट नक्साको डिजिटल (pdf) कपी अपलोड गरि मोबाईलमा SMS पठाउने छ। 
    • सो नक्सा प्राप्त गर्न मोवाईल नं. र OTP प्रयोग गर्नुपर्नेछ। र सो नक्सा एक हप्ता (७ दिन) भित्र डाउनलोड गरी सक्नुपर्ने छ। 

    नापी कार्यालय सर्लाही मलंगवाको सेवालाई अनलाईन प्रविधिमा रुपान्तरण गर्न सफल बनाउन कार्यालयका कर्मचारीहरुको अथक मेहनत रहेको, साथसाथै नक्सा र सम्बन्धित विवरणहरुलाई शुद्धिकरण र व्यवस्थापन गर्न विभागबाट समन्वय गर्ने नापी अधिकृतहरु कृष्णदेव सिंह, कपिल अर्याल सहित प्राविधिक सहजकर्ताहरु कमल आचार्य र दिपेश चौलागाईको भूमिका विशेष रहेको कार्यालय प्रमूख संजय मानन्धरको बुझाई छ।हाल कार्यालयको सेवा प्रवाहलाई अनलाईन NeLIS विधिबाट संचालनमा ल्याईयता पनि केहि नक्सा, श्रेस्ताहरुको अध्यावधिक र पूर्णता गर्नुपर्ने चुनौति बांकी नै रहेकोले सो पक्षमा विशेष जोड दिनुपर्ने कार्यालयको ठम्याईछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार