Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता, राई र महतोले गरे सहमति पत्रमा हस्ताक्षर

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता भएको छ ।

बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा राई र महतोले कार्यगत एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

चाँडै नै यी दुई दलबीच एकता समेत हुने बताइएको छ । कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन् ।

राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएका हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका हुन् ।