Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

रवि लामिछानेले कारागार भित्तामा महत्वपूर्ण सन्देश दिनुभएको छः डा.वाग्ले

रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागार ल्याइएका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा महत्वपूर्ण सन्देश लेखेर विदा हुनुभएको जानकारी पार्टी उपसभापति स्वर्णिम वाग्लेले दिएका छन् । 

शनिबार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषय वाग्ले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत दिएका छन् । 

उनले लेखेका छन् ‘भैरहवाबाट रविको अनुसार: आज कृष्ण जन्माष्टमी । रास्वपा सभापति रवि लामिछानेलाई भर्खरै बुद्ध एयर यूफोर–८६० को उडानबाट काठमाडौँ लगिएको छ । संक्षिप्त विदाई भेटमा उहाँले भन्नुभयोः ‘भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेखेँ––यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्ने छ ।’

Photo.png