Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई हरिपुर्वाका सचेत युवाको ज्ञापन-पत्र

सर्लाही स्थित हरिपुर्वा नगरपालिकाका सचेत युवा समाजले गर्न लागेको चरणबद्द आन्दोलन पुर्व  प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापन-पत्र बुझाएका छन्। आज आइतबार सचेत युवा समाजले आन्दोलनकाे बारेमा जानकारी गराई  प्रमुख जिल्ला अधिकारी ज्ञापन-पत्र बुझाएका हुन् ।

सचेत युवा समाजका अध्यक्ष दिपेश यादव भन्छन् "हामिहरुले यस पालिकामा भईरहेको  नितिगत भ्रष्टाचार,बेतिथि र मेयरद्वारा शिक्षा क्षेत्रमा राजनितीक प्रतिसोध साध्नु जस्ता अनैतिक क्रीयाकलाप हुँदा बारम्बार हामी ध्यानाकर्षण गराउँदा पनि मेयर बिनोद कुमार साहले वास्ता नगरेकोले अबको आन्दोलन हामि चरणबद्द तरिकाले गर्न गईरहेका छौं र यस् आन्दोलनबाट हुने भौतिक एवम् मानवीय क्षतिको जिम्मेवारी नगरपालिकाले लिनुपर्छ" भन्दै आफ्नो भनाई राखेका छन्।

उक्त कार्यक्रम सचेत युवा समाजको बाक्लो उपस्थिति रहेको थियो ।

WhatsApp Image 2025-08-17 at 14.07.19_8627e683.jpg