Jul 01 2026

Jul 01 2026 | बुधवार, आषाढ १७ गते २०८३

आलुमा साङ्ला भेटिएपछि झम्सिखेलको अदोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

ललितपुरको झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि २ लाख ५० हजार जरिवाना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा व्हाट्सएपमार्फत आलुको परिकारमा साङ्ला भेटिएको उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको,  फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । साथै म्याद गुज्रिएका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको, पुन प्रयोगको लागि राखिएको करिब एक लिटर तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको तथा खाद्य स्वच्छता कायम गर्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।