Jun 28 2026

Jun 28 2026 | आइतवार, आषाढ १४ गते २०८३

तिनाउ खोलाबाट एक जनाको सकुशल उद्धार

रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ।

आइतबार बिहान बाढी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका जिल्ला गुल्मी, मालिका गाउँपालिका ३ पैयुखर्क घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १७ रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर वि.क. बाढीमा फसेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ ।