नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५ मा गरिमा विकास बैंक लिमिटेडले सिल्भर अवार्ड प्राप्त गरेको छ ।
विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास बैंकहरुले प्रकाशित गरेको आ.व २०८१/८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समूहबाट यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
मिति २०८३ असार १६ गते मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानको तर्फबाट अध्यक्ष सि.ए. निल बहादुर सारु मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख श्री केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।
ISO 9001:2015 / ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६”बाट र कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८, २०२६ मा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ “डेभलपमेन्ट बैंक अफ द इयर २०२६”बाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।