अछामको कमलबजार नगरपालिका–७ क्वालेखस्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार कमलबजार नगरपालिका–७ निवासी ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मिनबहादुर भाट र बद्री भाटलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
दुर्घटनाग्रस्त जिप तथा चालक पुष्प बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।