Jul 01 2026

Jul 01 2026 | बुधवार, आषाढ १७ गते २०८३

वार्षिक प्रतिवेदनमा उत्कृष्ट प्रस्तुति, सन नेपाल लाइफलाई आईक्यानको ‘Merit’ अवार्ड प्रदान

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने National Best Presented Annual Report Award–2025 अन्तर्गत Certificate of Merit प्राप्त गरेको छ। काठमाडौंस्थित होटल याक एण्ड यतीमा वि.सं. २०८३ साल असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लागेको उपस्थिति रहेको थियो। आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डहरूको प्रभावकारी पालना, साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त Certificate of Merit प्रदान गरेको हो।

उक्त अवसरमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो सम्मान सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताउनुभयो। उहाँले यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्नुभयो।

साथै, उहाँले यस उपलब्धिमा मार्गदर्शन गर्नुहुने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध सम्पूर्ण बीमित ग्राहकहरू, अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनीहरू, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

सन नेपाल लाइफले १५० शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेकोछ। शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस किसिमको कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिएको छ।