Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

बाल समृद्धि र एकीकृत विकासका लागि विद्यालय–स्थानीय तह संवाद सम्पन्न, विद्यार्थीले उठाए विद्यालयका विविध समस्या

गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, बागमती सेवा समाज नेपालको साझेदारी तथा हरिपूर्वा नगरपालिकाको समन्वयमा सञ्चालित “बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाअन्तर्गत विद्यालय र स्थानीय तहबीच संवाद कार्यक्रम सम्पन्न भएको छ। 

बागमती सेवा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रम श्री केश्वर गरिब जनता माध्यमिक विद्यालय मा सम्पन्न भएको हो। कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय निरीक्षक, बाल कल्याण अधिकारी, पत्रकारलगायत सरोकारवालाको सहभागिता रहेको थियो।

WhatsApp Image 2026-06-29 at 1.54.32 PM.jpeg

कार्यक्रमको मुख्य उद्देश्य विद्यालयमा विद्यार्थीहरूले भोगिरहेका समस्या तथा चुनौतीलाई सम्बन्धित सरोकारवालासमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने र ती समस्याको समाधानका विषयमा जिम्मेवार निकायबाट जवाफ तथा प्रतिबद्धता प्राप्त गरे। संवादका क्रममा किशोरी समूहले विद्यालयमा सेनेटरी प्याडको अभाव, सरसफाइको कमी, खानेपानी धाराको अभाव तथा एउटै कक्षाकोठामा १३४ जना विद्यार्थी अध्ययन गर्नुपर्ने अवस्थाजस्ता समस्या उठाएका थिए।

त्यसैगरी छात्रहरूको तर्फबाट विषयगत शिक्षकको अभावलगायत अन्य शैक्षिक समस्याहरू प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले उठाएका समस्याप्रति विद्यालयका प्रधानाध्यापक तथा विद्यालय निरीक्षकले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आवश्यक समन्वय गरी यथाशीघ्र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

WhatsApp Image 2026-06-29 at 1.54.31 PM (1).jpeg

बागमती सेवा समाज नेपालका सामुदायिक परिचालक अशोक कुमार मालीका अनुसार यस्ता संवाद कार्यक्रमले विद्यार्थीका आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन तथा विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।