Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

१९ औं एशियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत क्वार्टर फाइनल खेलमा भारतविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपाली बलर सन्दीप लामिछानले आफ्नो तेस्रो ओभरको पाँचौँ बलमा भारतका जितेश शर्मालाई क्याच आउट गरे । नेपालले १२.५ ओभरमा तेस्रो सफलता पाएको हो । यसअघि दीपेन्द्रसिंह ऐरीले भारतका ऋतुराज गायकवाडलाई क्याच आउट गरेपछि मैदान आएका तीलक बर्मालाई नेपाली बलर सोमपाल कामीले आउट गरेका थिए ।

११.४ ओभरमा नेपालले दोस्रो सफलता पाएको थियो भने ९.५ ओभरमा भारतको पहिलो विकेट झारेको थियो । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किएका छन् भने विनोद भण्डारीलाई बेञ्चमा राखिएको छ ।