नेपाली कांग्रेसका सभापति गगन थापाले नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान कार्यक्रमको सुरुवात गरेका छन् ।
राष्ट्रिय सभा गृहमा बीपी कोइरालाको ४४ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति थापाले बीपीको तस्बिरमा माल्यार्पण र बिरुवामा जल सेचन गरेर कार्यक्रम उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सभापति गगन थापासहित पदाधिकारीहरू पनि उपस्थित छन्।