पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोला नजिक सुख्खा पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको छ ।
बिहीबार साँझ पहिरो जाँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो हटाउन नसकिएको भन्दै अर्को सुचना नभएसम्म आवागमन बन्द रहेको जानकारी दिएको छ ।