Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रवि लामिछाने चीन भ्रमणमा जाँदै

‍राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् । 

परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार सभापति लामिछानेको भ्रमण पार्टीगत हो  । तर, त्यसमा परराष्ट्र मन्त्रालयले पनि समन्वय गरिरहेको उनको भनाइ छ । 

भ्रमण साउनमा हुने कि भदौमा भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी छ ।