नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई काठमाडौं महानगरपालिका-७ सिफलबाट बिहीबार पक्राउ गरेको हो।
उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दिपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।