Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसियाड क्रिकेटको क्वाटर फाइनल: भोलि नेपाल र भारतबीच प्रतिस्पर्धा

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ । चीनमा जारी १९ औं एसियाली खेलकुद भोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइनमा नेपालको खेल भारतसँग परेको हो । कप्तान कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका हुन । नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । 

nepali cricket team - nepal raibar.jpg

मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति विश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।