Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसियाली खेलकुदको कबड्डीमा पदक नजिक नेपाल

 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली पदकको नजिक पुगेको छ ।

चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको समूह चरणको खेलमा आज बंगलादेशलाई हराउँदै नेपाल काँस्य पदकको नजिक पुगेको हो । नेपालले आज बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै पदकको सम्भावना बढेको हो । 

बंगलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । इरानले बंगलादेशलाई हराएको खण्डमा नेपाल सेमिफाइनलमा पुग्नेछ । साथै पदकको पक्का हुनेछ । समूह चरणको पहिलो खेलमा नेपाल  इरानसँग हारेको थियो ।