Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेको छ।

photo-6_bef14db2.jpg

 

धर्नामा सहभागी पीडितहरूले पीडितको सहभागिताबिनाको कुनै पनि न्यायिक निर्णय आफूहरूका लागि स्वीकार्य नहुने बताएका छन्। उनीहरूले द्वन्द्वपीडित समुदायसँग पर्याप्त संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । 

photo-13_3e77b946.jpg

प्रदर्शनका क्रममा सहभागीहरूले विश्वसनीय, निष्पक्ष र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

photo-11_c1389dd6.jpg