Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ट्राफिक नियम तोड्ने चालकविरुद्ध कडाइ, १ हजारभन्दा बढी चालक कारबाहीमा

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४५८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५२, यान्त्रिक कारवाहीमा ३५, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १४८, हर्न निषेधमा ४४, लेन क्रसमा ९१, अवस्था ठिक नभएको ५० र एकतर्फीमा ४० जना र अन्यमा ९४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।