शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिराहाको कल्याणपुरका मेयर साह एक लाख घुससहित कार्यकक्षबाट पक्राउ

सिराहाको कल्याणपुरका मेयर साह एक लाख घुससहित कार्यकक्षबाट पक्राउ

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • सिराहाको कल्याणपुरका मेयर साह एक लाख घुससहित कार्यकक्षबाट पक्राउ

    सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साह एक लाख घुससहित पक्राउ परेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो।

    अख्तियारले मेयर साहले नगरपालिकाको २० लाख बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेको बताएको छ ।

    कमिसन रकम दिन समितिले आनाकानी गरेपछि मेयर साहले भुक्तानीको चेक रोकेर राखेको र पटक-पटकको वार्तापछि मेयरले चेक काट्नुअघि पहिलो किस्ताबापत १ लाख र चेक साटिएपछि बाँकी रकम बुझाउन दबाब दिएका थिए।

    अख्तियारले सोही एक लाख रकम लिँदै गर्दा मेयर साहलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारले पक्राउ परेका प्रमुखमाथि थप अनुसन्धान गर्ने जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार