शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिद्धार्थ राजमार्गमा पहिरो: मोटरसाइकल चालक श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धार्थ राजमार्गमा पहिरो: मोटरसाइकल चालक श्रीमानको मृत्यु, श्रीमती घाइते

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • सिद्धार्थ राजमार्गमा पहिरो: मोटरसाइकल चालक श्रीमानको मृत्यु, श्रीमती घाइते

    सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको ज्यान गएको छ । 

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।

    बुटवलदेखि पाल्पा रामपुरतर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार जनकसँगै पछाडि सवार उनकी श्रीमती कल्पना चापागाई घाइते भएकी छन् । तिनाउ-३ हेडवक्स नजिकै भएको दुर्घटना लगत्तै उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले जनकलाई मृत घोषणा गरेका थिए । सडकमाथि भिरबाट पहिरो आएर लाग्दा जनक सडकदेखि तल खसेका थिए । पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी ले जानकारी दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय पाल्पाले सो क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । पानी परेको बेलामा जुनसुकै बेलामा पहिरो खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार