शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सवारी लाइसेन्स अनधिकृत रुपमा सच्याउने यातायातका तीन कम्प्युटर अपरेटरविरुद्ध मुद्धा दायर

सवारी लाइसेन्स अनधिकृत रुपमा सच्याउने यातायातका तीन कम्प्युटर अपरेटरविरुद्ध मुद्धा दायर

जेठ १६, २०८२ शुक्रवार
जेठ १६, २०८२ शुक्रवार
  • सवारी लाइसेन्स अनधिकृत रुपमा सच्याउने यातायातका तीन कम्प्युटर अपरेटरविरुद्ध मुद्धा दायर

    लाइसेन्स सच्याएर दिने यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन तीन जना कम्प्युटर अपरेटरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

    अख्तियारले तत्कालिन कम्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा कार जीप र डेलिभरी भ्यानको अनुमति थपेर विवरण परिवर्तन गरी प्रणालीमा समेत परिवर्तन गरी अद्यावधिक गरी गराई दिएको आरोपमा  विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

    अख्तियारले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको जनाएको छ ।

      

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार