शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल र नेपालीहरुका लागि सबै त्यागिसके, प्रतिक्षा गर्नुस् चाँडै आउँदैछु - दुर्गा प्रसाईं

नेपाल र नेपालीहरुका लागि सबै त्यागिसके, प्रतिक्षा गर्नुस् चाँडै आउँदैछु - दुर्गा प्रसाईं

जेठ १४, २०८२ बुधवार
जेठ १४, २०८२ बुधवार
  • नेपाल र नेपालीहरुका लागि सबै त्यागिसके,  प्रतिक्षा गर्नुस् चाँडै आउँदैछु - दुर्गा प्रसाईं

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू चाँडै फर्कने भन्दै शुभचिन्तकहरुलाई प्रतिक्षा गर्न आग्रह गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफू चाँडै बाहिर निस्किने बताएका हुन् ।

    गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाल र नेपाली जनतामाथि अपराधिहरुले गणतन्त्रको नाममा गरेको अत्याचार, भ्रष्टाचार, तस्करी, विरुद्ध बोली रहने र लडिरहने बताएका छन् । उनले आफू चाँडै नै बाहिर आउने बताउँदै नेपाल र नेपालीहरुका लागि सबै त्यागिसकेको बताए ।

    उनले भनेका छन्,'अब म चाँडै बाहिर आउँदै छु। प्रतिक्षा गर्नुहोस्। मैले त सबै त्यागिसके नेपाल र नेपालीहरुका लागि। अब त उठ्नुहोस्। कति सुत्नुहुन्छरु नेपाल आमा रोहिरहेको बेला । यो लडाइँ सत्ता र शक्तिको होइनस यो सत्य, न्याय, र स्वाभिमानको लडाइँ हो। हामीले सुतेर बिताएको हरेक क्षणमा नेपालीहरुले रुदै रुदै देश छोडी रहेछन्न । ब्युझनु होस तपाईं हामी ब्युझन ढिला भयो भने देश सबै रित्तो हुनेछ । नेपाल र नेपालीको अस्थित्व साँच्चिनै विलय भएर सकिने छ ।'  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार