शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एकैदिन १३५ आरोही सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

एकैदिन १३५ आरोही सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

फोटो पत्रकार पूर्णिमा पाँचौँपटक चुचुरोमा

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • एकैदिन १३५ आरोही सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

    मौसम अनुकूल भएसँगै आइतबार (जेठ ४) एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्तयामको जारी आरोहणमा एकैदिन धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।

    सगरमाथाको आधार शिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार, मौसम अनुकूल भएकाले आज धेरै आरोहीले सगरमाथा चढेका हुन् । सोमबार (जेठ ५) पनि धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेका जनाइएको छ ।

    विभागका निर्देशक हिमाल गौतमले भने, “मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै संख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।”

    निर्देशक गौतमले हालसम्म २०० भन्दा बढीले सगरमाथा आरोहण गरेका जानकारी दिए । सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेका उनले बताए ।

    फोटो पत्रकार पूर्णिमा पाँचौँपटक चुचुरोमा
    फोटो पत्रकार समेत रहेकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँपटक सगरमाथा आरोहण गरेकी छन् । श्रेष्ठ आइतबार बिहान सगरमाथाको चुचुरोमा पाँचौँपटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ ।

    Purnima.png

    श्रेष्ठले गत वर्ष एउटै याममा तीनपटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् ।

    विभागको तथ्यांकानुसार, वसन्त ऋतुमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार