शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिवसेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ

शिवसेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • शिवसेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ

    हिन्दू राष्ट्र स्थापनाको पक्षमा सक्रिय शिवसेना नेपालका अध्यक्ष अनिल बाबा आइतबार पक्राउ परेका छन्। काठमाडौं उपत्यकाबाट खटिको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यद्यपि उनी पक्राउ पर्नुको कारण सार्वजनिक गरिएको छैन।

    अनिल बाबा पछिल्लो समय विभिन्न धार्मिक र राष्ट्रियतासम्बन्धी मुद्दा उठाउँदै सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा सक्रिय देखिएका थिए। शिवसेना नेपालले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणाको माग गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

    यसअघि पनि अनिल बाबालाई राष्ट्रपतिविरुद्ध प्रदर्शनको तयारीमा रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको नेतृत्वमा रहेको समूहलाई संविधानको धर्मनिरपेक्षताको प्रावधानको विरोधमा उत्रिँदै आएको छ। शिवसेनाका कार्यकर्ताहरूले अनिल बाबाको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको कुठाराघात भनेका छन्। पार्टीका निकट स्रोतका अनुसार उनीमाथि कुनै ठोस आरोप नराखी पक्राउ गरिएको दाबी गरिएको छ।

    अनिल बाबाको गिरफ्तारीपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै तत्काल रिहाइको माग गरेका छन्। पार्टीले निकट भविष्यमै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार