शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चलचित्र ’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न (भिडियोसहित)

चलचित्र ’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न (भिडियोसहित)

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • चलचित्र ’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न (भिडियोसहित)

    नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार बेलुका लबिम मलमा रहेको क्युएफएक्स हलमा मौलिक नाचगान सहित प्रिमियर सो सम्पन्न गरिएको हो । 

    Saugat Malla 3.jpg

    प्रिमियरपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुने भन्दै आफूले मौका पाएको उनले खुसी व्यक्त गरे । 

    Photo2.jpg

    उनले भने,‘एकदमै नछुटाउने खालको चलचित्र भनेको छ । यो मेरो २६–२७ वर्ष देखिको एउटा कल्पना थियो । कतिपटक मलाई यस्तोसम्म भयो कि मैले यो फिल्म गरिसके जस्तो लाग्थ्यो । त्यति मन परेको थियो । कुनै दिन गर्छु भनेर कुरेर बसेको थिए । धेरै ६–७ वर्ष देखि नै प्रयास गर्दा भएको थिए । तर अहिले आएर बन्न लेखेको रहेछ । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुन्छ । मैले पाए । खुसी छु ।’ 

    Anup Bilkram Shaha 2.jpg

    त्यस्तै अर्का नायक अनुपविक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए । उनले भने,‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौं । हजुरहरुले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु ।’  सिक्किममा छायांकन गरिएको यो फिल्मको यसअघि दार्जिलिङ र सिक्किममा प्रिमियर गरिएको थियो । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा फिल्म ’जार’ बनेको हो।

    Prinka Tamang 2.jpg

    फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा अभिनेता सौगात मल्ल,अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। ’जार’ शुक्रबारदेखि नेपाल अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउन लागेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार