शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ६० करोड ठगेको आरोपमा मुद्धा

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ६० करोड ठगेको आरोपमा मुद्धा

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ६० करोड ठगेको आरोपमा मुद्धा

    बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा फेरि एक पटक समस्यामा परेका छन् । शिल्पा र राज कुन्द्रासँगै एक अज्ञात व्यक्तिमाथि ६० करोड ठगीको आरोप लागेको छ । यस सम्बन्धमा, आर्थिक अपराध शाखाले शिल्पा शेट्टी र राज कुद्रविरुद्ध मुम्बईका एक व्यापारीलाई ६०.४ करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

    यो ठगी उनीहरूको हाल निष्क्रिय कम्पनी बेस्ट डिल टिभी प्राइभेट लिमिटेडसँग सम्बन्धित ऋण-सह-लगानी सम्झौताको सम्बन्धमा गरिएको थियो । जसका कारण अब अभिनेत्री र उनका पतिविरुद्ध जुहू प्रहरी स्टेशनमा ठगी र जालसाजीको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    उजुरीकर्ता दीपक कोठारीले कम्पनी पहिले नै दिवालियापन प्रक्रियाबाट गुज्रिरहेको लगानी गराएको आरोप लगाएका छन् । 

    उजुरीकर्ताले अप्रिल २०१५ मा शेयर सदस्यता सम्झौता अन्तर्गत ३१.९ करोड रुपैयाँ र सेप्टेम्बर २०१५ मा पूरक सम्झौता अन्तर्गत २८.५३ करोड रुपैयाँ स्थानान्तरण गरेको बताएका छन् । एफआईआरमाअप्रिल २०१६ मा व्यक्तिगत ग्यारेन्टी दिए पनि, शिल्पा शेट्टीले सेप्टेम्बर २०१६ मा निर्देशक पदबाट राजीनामा दिएकी थिइन् । कोठारीले २०१७ मा अर्को सम्झौतामा डिफल्ट भएको कारण कम्पनीविरुद्ध दिवालियापन प्रक्रिया चलिरहेको थाहा पाएको उल्लेख छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार