शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

व्यापारी अमित अग्रवाल कारागार चलान

व्यापारी अमित अग्रवाल कारागार चलान

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • व्यापारी अमित अग्रवाल कारागार चलान

    व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। हिजो काठमाडौं स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि कारागार चलान भएका हुन्।

    जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख जरिवाना हुने फैसला भएको थियो ।

    अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो ।

    काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषी ठहर भएपछि फरार रहँदै आएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार