Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

व्यापारी अमित अग्रवाल कारागार चलान

व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। हिजो काठमाडौं स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि कारागार चलान भएका हुन्।

जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख जरिवाना हुने फैसला भएको थियो ।

अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो ।

काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषी ठहर भएपछि फरार रहँदै आएका थिए ।