अन्टेक्स ग्लोबल बेल्जियममा अवस्थित बहुराष्ट्रिय कम्पनी स्वास्थ्य र हाइजिन उत्पादनमा विश्वभर परिचित छ । यसको उत्पादनहरू ११० भन्दा बढी देशहरूमा युरोपदेखि मध्य पूर्व उत्तरदेखी दक्षिण अमेरिका सम्म नवीनता सुरक्षा र विश्वसनीयताको लागि परिचित छ। भने युरोपेली मापदण्ड अनुसार निर्माण गरिएको छ। अन्टेक्स ग्लोबलले संसारभर अनुसंधान तथा विकासमा उत्कृष्ट लगानी गर्दै युरोपेली मापदण्डअनुसारका उत्पादनहरू बजारमा ल्याएको छ। अन्टेक्स ग्लोबलका संसारभर विभिन्न १२ वटा गीगा फ्याक्ट्री छन्। र वार्षिक २ अर्ब यूरोको बिक्री पनि गर्दै आएको छ।
युरोपेली मापदण्ड अनुसारको उत्पादन पूर्ण रूपमा रासायनिक मुक्त अति मुलायम र चुहावट रोधक छ। छालाविज्ञद्वारा परीक्षण गरिएको युरोपेली गुणस्तर अनुसार इयु प्रमाणित हुनुका साथै वातावरणमैत्री पनि रहेको छ । अन्टेक्स ग्रुपको मुख्यालय बेल्जियममा अवस्थित छ। उत्पादनमा विशेषज्ञता हाँसिल गरेको उक्त कम्पनीले शिशु देखभाल महिला स्वच्छता र वयस्क देखभालका लागि विभिन्न सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीले शिशुहरूका लागि डायपर र प्यान्ट महिलाहरूका लागि प्याड लाइनर र ट्याम्पोन साथै वयस्कहरूका लागि प्याड डायपर र प्यान्ट उत्पादन गर्छ।
अन्टेक्स ग्रुप बेल्जियमले उत्पादन गरेका ब्रान्डहरू मध्येको बेबी चार्म युरोपियन डायपर यति बेला नेपाली बजारमा सर्वत्र उपलब्ध छ। नेपालमा प्रिमियम डायपर बजार विस्तार हुँदै गर्दा बेबी चार्म डायपर अभिभावकहरूबीच लोकप्रिय बन्दै गएको हो। युरोपियन गुणस्तरमा बनेको यो डायपरले बच्चाको स्वास्थ्य र आरामलाई प्राथमिकता दिएको छ। ई कमर्स प्लेटफर्महरूमा सजिलै उपलब्ध हुनुका साथै ग्रामीण क्षेत्रमा पनि डेलिभरीको सुविधा विस्तार हुने क्रममा छ। बेबी चार्म डायपर नेपाली बजारमा अग्रणी ब्रान्डको रूपमा स्थापित हुँदै गर्दा यसले बच्चाको स्वास्थ्य अभिभावकको सुविधा र विश्वसनीय युरोपियन गुणस्तर लाई एकैसाथ जोडेको पाउन सकिन्छ। उच्च गुणस्तरिय उक्त डाइपरलाई नेपालको आधिकारिक विक्रेता नियोम वर्ल्ड ट्रेड प्रा. लि. ले नेपाली बजारमा ल्याएको हो। उक्त कम्पनीको अध्यक्ष हुन् ललितपुरकी निशा सेढाईं ।
निशाको परिवारमा श्रीमानसहित दुइ छोराहरू छन्। श्रीमान बैङ्किङ क्षेत्रमा कार्यरत छन्, भने गृहिणीको रूपमा रहेकी निशा आत्मनिर्भर बन्नुपर्छ, जीवनमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ २०८१ सालमा कम्पनीको स्थापना गरिन्। महिलाले पनि समाजमा केही गर्नुपर्छ भन्ने सोँच बोकेकि निशाले परिवार र सहकर्मी साथिहरूले सहयोग गरेकै कारणले गर्दा काम गर्नमा आफूलाई सजिलो भएको बताइन्। परिवारले सहयोग गरेमा आफू जस्तै महिलाहरू अझ अगाडी बढ्न सक्नेमा उनले विश्वास व्यक्त गरिन्। दिउँसोको समयमा छोराहरू स्कूलमा अध्ययन गर्ने भएकाले काममा आफूलाई कुनै बाधा अवरोध नभएको निशाले बताइन्। कम्पनी स्थापना गर्दा आफूलाई कुनै चुनौतिको सामना गर्न नपरेको निशाले भनिन्।
नेपालमा बेबी चार्म युरोपियन डायपर आयात गर्ने सोँच बनाउनुको कारण सुरुमा आफ्नै बच्चा रहेको निशाले बताइन्। उनी भन्छिन् बजारमा स्तरीय डायपर नपाउँदा मेरो बच्चा रुने गर्दथ्यो। बजारमा पाइने डायपर प्रयोग गर्दा लिग हुने जस्ता समस्याहरू पनि देखिने गर्दथ्यो। विदेशमा मेरो आफन्तहरू हुनुहुन्छ, र बेबी चार्म युरोपियन डायपरको बारेमा मैले उहाँहरूबाट जानकारी पाए। उक्त डाइपर बच्चालाई प्रयोग गर्दा बच्चा नरुने र लिग पनि नहुने कटनको कपडा प्रयोग गरिएको उक्त डाइपर आफ्नो रोजाईमा परेको निशाले बताइन्। मलाई लाग्यो कि यो डायपर मेरो बच्चालाई मात्र नभएर सबै अभिभावकको बच्चाले प्रयोग गर्न पाउनुपर्छ। सबैको घरघरमा उक्त डाइपर पुग्नुपर्छ। त्यहीँ दिनबाट नै मैले बेबी चार्म डायपरको व्यवसाय गर्ने सोँच बनाएकी हुँ। अभिभावकहरूलाई सुरक्षित र गुणस्तरिय विकल्प उपलब्ध गराउने सोचले नै हामिलाई बेबी चार्म डायपर नेपालमा ल्याउने निर्णय गर्न प्रेरित गर्यो निशाले भनिन्। बजारमा विश्वसनीय उत्पादनको माग बढ्दै गएको देख्दा, युरोपियन स्तरको डायपर आयात गरेर मातृत्व र शिशु स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्य बनायौं। आत्मनिर्भर बन्ने लक्ष्यसँगै अभिभावकहरूको दैनिकिलाई सहज र सरल बनाउन सक्ने उत्पादन उपलब्ध गराउनु आफूहरूको प्राथमिकता रहेको निशाको भनाई छ।

नेपालमा आधिकारिक रूपमा आयात गरिएको उक्त डायपर अन्य डायपरभन्दा फरक र विशेष रहेको उनको धारणा छ। अध्यक्ष सेढाइका अनुसार, यसको प्रमुख विशेषता भनेको स्तरिय गुणस्तर हो। उनले भनिन्, यो डायपर युरोपियन मापदण्डअनुसार निर्मित भएकाले शिशुको छालामा कुनै प्रकारको हानी पुर्याउँदैन। यसको शोषण क्षमता उच्च छ, जसले गर्दा बच्चा लामो समयसम्म आरामदायी अवस्थामा रहन सक्छ अन्य डायपरमा देखिने छालामा जलन वा असहजता बेबी चार्म डायपरमा हुँदैन। यसको डिजाइन शिशुको सहज गतिशीलतालाई ध्यानमा राखेर तयार गरिएको छ उनले भनिन्।
काठमाडौँ उपत्यका, पोखरामा बाँधना सप्लायर्स, सुपर्मार्केट, फार्मेसी, भाटभटेनी, लगायत विभिन्न स्टोरमा उक्त डायपर उपलब्ध रहेको सेढाईंले जानकारी गराइन्। त्यसैगरी दराज एपबाट पनि सो डायपर खरिद गर्न सकिने उनले बताइन्। नेपालमा बेबी चार्म डायपर आयात गर्दा मूल्य प्रतिस्पर्धा प्रमुख चुनौती रहेको निशाले बताइन। सस्तो मूल्यमा उपलब्ध हुने अन्य डायपरसँग प्रतिस्पर्धा गर्न सजिलो नभएको उनको अनुभव छ। अस्वस्थ प्रतिस्पर्दा हालको समस्या रहेको निशाले गुनासो गरिन्। उपभोक्तालाई आफूहरूले गुणस्तर र सुरक्षित उत्पादन दिने विश्वास दिलाएको र मूल्यलाई उचित स्तरमा राख्दै दीर्घकालीन विश्वास निर्माण गर्ने रणनीति अपनाएको त्यसैगरी उपभोक्ताले एक पटक प्रयोग गरेपछि गुणस्तरको कारणले पुनः रोज्नेछन् भन्ने विश्वास लिएका छौँ निशाले भनिन्।
दुई वर्षको अवधिमा सो डायपरले नेपाली बजारमा उल्लेखनीय स्थान बनाउन सफल भएको सेढाइले बताइन्। बजार विस्तारको क्रममा अभिभावकहरूले गुणस्तरलाई प्राथमिकता दिएका छन्। उपभोक्ताले सस्तोभन्दा सुरक्षित र आरामदायी उत्पादन रोजिरहेका छन्, प्रयोगकर्ताहरूको प्रतिक्रिया सकारात्मक रहेको निशाको भनाई छ। छालामा जलन नहुने लामो समयसम्म बच्चा आरामदायी अवस्थामा रहन सक्ने, र डिजाइनले सहज गतिशीलता दिने भएकाले अभिभावकहरू सन्तुष्ट रहेको उनले दाबी गरिन्। डायपरको बजार अस्वस्थ प्रतिस्पर्धा भएता पनि बेबी चार्मले गुणस्तर र विश्वासमार्फत आफ्नो स्थान सुरक्षित गरेको उनले बताइन् । बेबी चार्म डायपर खरिद गर्ने ग्राहकहरूकालागी समयसमयमा आफूहरुले विभिन्न स्किमहरू उपलब्ध गराइरहेको सेढाइले जानकारी गराइन्। कम्पनीले बेला–बेलामा विशेष छुट तथा प्रोमोशनल अफरहरू सञ्चालन गर्दै आएको उनले भनिन्। उपभोक्तालाई आफूहरूले गुणस्तरिय उत्पादन मात्र नभएर मूल्यमा पनि सहजता दिने प्रयास गरिरहेको उनको भनाई छ। हाल अनलाइनको माध्यमबाट तिन थान डायपर खरिद गर्दा १ थान डायपर निशुल्क उपलब्ध गराइरहेको उनले जानकारी दिइन। भविश्यमा अझ आकर्शक छुट योजना ल्याउने बारे ग्रिहकार्य भइरहेको सेढाइले बताइन्। उक्त डायपरलाई ग्रामीण क्षेत्रमा पुर्याउने तयारी तीव्र रूपमा भइरहेको निशाले जानकारी दिइन्।
ग्रामीण भेगका अभिभावकलाई पनि गुणस्तरिय र सुरक्षित उत्पादन उपलब्ध गराउनुपर्ने आवश्यकता कम्पनिले महसुस गरिरहेको निशाले भनिन्। आफूहरूले वितरण सञ्जाललाई ग्रामीण क्षेत्रमा विस्तार गर्ने योजना बनाइरहेको उनले बताइन्। त्यसैगरी स्थानीय व्यवसायी र स्वास्थ्यकर्मीहरूसँग सहकार्य गरी उत्पादन सहज रूपमा उपलब्ध गराउने मूल्यलाई ग्रामीण क्षेत्रका उपभोक्ताले सहजै धान्न सक्ने रणनीति पनि बनाइरहेका छौँ निशाले भनिन्। ग्रामीण क्षेत्रमा शिशु स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी समेत रहेको निशाले बताइन्।
केही दिनमै बेबी चार्म डायपरसँगै सेनेटरी प्याड पनि नेपाली बजारमा उपलब्ध गराउने तयारी भएको सेढाईंले बताएकि छन। महिलाको स्वास्थ्यलाई प्राथमिकता दिने उद्देश्यले नयाँ उत्पादन ल्याउन लागिएको निशाले जानकारी गराइन्। महिलाको दैनिक जीवनलाई सहज बनाउन सक्ने उत्पादन उपलब्ध गराउने सोच बनाइएको उनले भनिन्। एउटै स्थानमा डायपरसँगै सेनेटरी प्याड उपलब्ध गराउँदा उपभोक्तालाई अझ सहज हुनेमा निशाले विश्वास व्यक्त गरिन्।
सरकारले उद्यमशीलतालाई अझ सहजका साथै कर प्रणाली सरल बनाइदिएमा आफूहरूलाई अझ सजिलो हुने उनले बताइन्। साना व्यवसायलाई सरकारले प्रोत्साहन गरेमा आफूहरूको काम गर्ने उर्जा अझ बढेर जानेमा उनले विश्वास व्यक्त गरिन्। करमा सहुलियत, कागजी प्रक्रिया छिटो छरितो बनाइदिने र उद्यमशीलतालाई प्रोत्साहन दिने वातावरणको निर्माण सरकारले गरेमा हामी जस्ता उद्यमीलाई अझ सहज हुने थियो उनले भनिन्। ग्रामीण क्षेत्रमा वितरण विस्तार गर्नकालागी सरकारले यातायात र पूर्वाधारमा सहयोग पुर्याएमा उत्पादन उपभोक्तासम्म सजिलै पुग्नेछ। र महिला उद्यमशीलतालाई लक्षित कार्यक्रमले आफूहरूको आत्मनिर्भरता यात्रालाई थप बल प्राप्त हुने सेढाईंले बताइन् ।
आफ्ना बच्चाहरूको स्वास्थ्य र सहज जीवनलाई प्राथमिकता दिनकालागी अभिभावकहरूलाई निशाले अपिल गरेकी छन्। बेबी चार्म डायपर नेपालमा ल्याउने सोच यसै कारणले बनाएका हौं कि अभिभावकहरूले आफ्ना बच्चालाई सुरक्षित, आरामदायी र गुणस्तरिय उत्पादन दिन सकून्। बच्चाको छालामा कुनै असर नपर्ने, गुणस्तरिय उत्पादन रोज्नु अभिभावकको जिम्मेवारी रहेको निशाले भनिन्। गुणस्तरलाई ध्यानमा राख्दै सही उत्पादन छनोट गर्दा बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हुँदा मूल्यभन्दा बढी बच्चाको स्वास्थ्यलाई महत्व दिनकालागी अभिभावकहरूलाई उनले आग्रह गरिन्। नेपालरैबारडटकमसङ्गको कुराकानिमा बच्चाका अभिभावकहरूले उक्त डायपर खरिद गर्दा अन्टेक्सको लोगो हेरेर मात्र किन्नु पर्ने निशाले सुझाव दिइन् ।