Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जवाङ खोलाको पहिरो हटाइयो, सडक सुचारु

सुख्खा पहिरोले अवरुद्ध रहेको पृथ्वी राजमार्ग सुचारू भएको छ । 

विहिबार अपराहन्नदेखि धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोला नजिक सुख्खा पहिरो गएपछि दुईतर्फी अवरुद्ध भएको सडक करिब ११ घण्टा पछि शुक्रबार बिहान ४ बजेदेखि सुचारु भएको हो । 

पहिरो खस्ने क्रम लामो समयसम्म जारी रहेकाले पहिरो हटाउन समय लागेको प्रहरीले जनाएको छ ।