प्रधानमन्त्री वालेन्द्र शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ ।
छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहने बताइएको छ ।
बैठकमा स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने सचिवालयले बताएको छ ।