शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रिँदा गाउँपालिका शिक्षा अधिकृतको मृत्यु

गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रिँदा गाउँपालिका शिक्षा अधिकृतको मृत्यु

बैशाख २३, २०८२ मंगलवार
बैशाख २३, २०८२ मंगलवार
  • गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रिँदा गाउँपालिका शिक्षा अधिकृतको मृत्यु

    सडकमाथिको भीरबाट खसेको ढुङ्गाले लागेर दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको छ । सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाका अनुसार वडा नम्बर ५ स्थित चौपातामा सोमबार शैक्षिक कार्यक्रम थियो । सामाजिक विकास कार्यालयले आयोजनाको गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको थियो ।

    ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ । मोटरसाइकल चलाइरहेका शिक्षा अधिकृत ओझामाथि ढुंगा बज्रिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ढुङ्गाले लागेर गम्भीर घाइते उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार