शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बुधबार सार्वजनिक बिदा

बुधबार सार्वजनिक बिदा

बैशाख २३, २०८२ मंगलवार
बैशाख २३, २०८२ मंगलवार
  • बुधबार सार्वजनिक बिदा

    बागमती प्रदेश सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।

    प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको उनले जानकारी दिइन । प्रदेश सरकारले चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदासहित क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो ।

    बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो ।

    गत वर्ष वैशाख २४ गते काठमाडौंको बसन्तपुरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याउने कार्यक्रमको उद्घाटन गरेका थिए ।

    holiday.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार