रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदिमा पौडी खेल्ने क्रममा ३जना बालक बेपत्ता भएका छन् ।
सोमबार दिउँसो नदिमा बेपत्ता बालकहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी खटिएको छ ।
बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षिय उमेश यादव, १४ वर्षिय राज यादव र १२ वर्षिय मुनु हरिजन छन् । उनीहरु सो नदिमा पौडी खेल्ने क्रममा आज दिउसो करीव साढे १२ बजे बेपत्ता भएको बताईएको छ ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन भएको छ ।
प्रतिक्रिया दिनुहोस्