शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आज ११ औं दिन पनि शिक्षकहरु सडकमै

आज ११ औं दिन पनि शिक्षकहरु सडकमै

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • आज ११ औं दिन पनि शिक्षकहरु सडकमै

    विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले आज शनिबार ११ औं दिन पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

    महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शर्त पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।

    शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति हुन सकेको छैन । आज ११ औं दिन पनि शिक्षकहरु सडकमा छन् । कतिपयले तलब वृद्धिको, पदस्थापनको वा सेवा सुविधाको विषयलाई लिएर मात्र आन्दोलन गरेको भन्दै आलोचना गर्दै आएका छन् । शिक्षकहरूले आफ्नो माग नभई समग्र शिक्षामा परिवर्तनको लागि आन्दोलन गरिरहेको बताएका छन् ।

    ‘विगतमा भएका सम्झौता कार्यान्वयन गर’, ‘शिक्षा ऐन जारी गर,’ हाम्रो माग पूरा गर’, ‘शिक्षक पेसालाई सम्मान गर’, लगायतका नारा लगाउँदै शिक्षकहरूले काठमाडौंमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलन आइतबारदेखि आमहड्तालमा परिणत भएको हो । शिक्षकहरूले आइतबारदेखि विद्यालयका उत्तरपुस्तिका परीक्षण, तालिम, गोष्ठी, सेमिनार, भ्रमणलगायतका कुनै पनि कार्यक्रम गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार