काठमाडौंको मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुुङ्गामुढा प्रहार भएको छ । बस्तीमा डोजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुङ्गामुढा हानेका हुन् ।
महानगरको नगर प्रहरीको टोली सुकुम्बासी बस्तीमा बनेको नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेका थिए । सोही क्रममा सुकुम्बासी र नगर प्रहरीबीच तनावग्रस्त माहोल बनेको छ ।
मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
आक्रोशित भिडले नगर प्रहरी र प्रहरीमाथि आक्रमण गरेको हो । झडप हुन सक्ने सम्भावना भएपछि नेपाल प्रहरीको टोली पनि सँगै गएका थिए । गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो ।
व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो । स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ । वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीको बिचल्ली भएको छ । टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको छ ।