Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अभिनेता सलोन र करिश्मालाई पुत्री लाभ

अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ । केसीले आज बिहान नेपाल मेडिसिटी अस्पतालमा पुत्रीलाई जन्म दिएको परिवारका सदस्यले जनाएका छन् ।

सलोनका बुबा निर्देशक समेत रहेका शोभिव बस्नेतले सामाजिक सञ्जालमा खुशी साटेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हजुर बा ले भनेथे औंला भाची गनेथे नातिनीलाई कुन चाहिँ....।’