स्याङ्जाको वालिङ महोत्वसमा गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार गरिएको छ । शनिबार राति वालिङ महोत्वसमा गीत गाइरहेका बेला उनीमाथि जुत्ता प्रहार भएको हो ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुति दिन थापा स्याङ्जा पुगेका थिए । थापाले प्रस्तुति दिइरहेका बेला दर्शकबाट जुत्ता प्रहार भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रकाश डुम्रेले स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेका हुन् । डुम्रेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मदिरा खाएको तालमा बढी एक्साइटेड भएर जुत्ता फालेको बताइएको छ । दुवै पक्षको छलफलपछि डुम्रेलाई पहरीले छोडिसकेको छ ।