Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

ग्राहकमैत्री डिम्याट र आस्बा सेवामा नयाँ क्रान्ति: रोजिना तिवारी

नेपालको वित्तीय बजारमा हालका वर्षहरूमा डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढिरहेको छ। लगानीकर्तालाई सहज, सुरक्षित र समय बचत हुने सेवा दिनकालागी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले उल्लेखनीय कदम चाल्दै आएको छ। बैंककी डिम्याट/आस्बा विभाग प्रमुख रोजिना तिवारीको नेतृत्वमा उक्त बैंकले नेपालमै पहिलो पटक मोबाइल एपमार्फत आईपीओ भर्न सकिने सुविधा सुरु गरेको छ। त्यसैगरी  ग्राहकले शाखामा नगईकन मोबाइल एपबाट सीआरएन (CRN) नम्बर दर्ता गर्न सक्ने व्यवस्था पनि उपलब्ध छ, साथै एपमै आईपीओ परिणाम हेर्ने सुविधा थपिएको छ।
 
आईपीओ, डिम्याट र आस्बा प्रणालीलाई अझ सहज र ग्राहकमैत्री बनाउनकालागी उनले निर्वाह गरेको भूमिकाले बैंकिङ सेवामा नयाँ आयाम थपिएको छ। यसै विषयलाई केन्द्रमा राखेर नेपालरैबारडटकमका लागि जीवन बनियाले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कि डिम्याट/आस्बा विभाग प्रमुख रोजिना तिवारीसँग गरेको कुराकानिको सम्पादित अंश:
WhatsApp Image 2026-06-29 at 9.57.05 AM.jpeg
 
डिम्याट खाता भनेको के हो?
डिम्याट” भन्नाले Dematerialized भन्ने अर्थ बुझिन्छ ,यो तपाईंको कागजी शेयरलाई डिजिटल वा अभौतिक रूपमा राख्ने खाता हो । बैंक खाताले पैसा जम्मा गर्ने जस्तै, डिम्याट खाताले तपाईंको शेयर जम्मा गर्छ । यसमा शेयर, म्युचुअल फन्ड,बन्ड र डिबेन्चर जम्मा गर्न सकिन्छ ।
 
नयाँ लगानीकर्ताले डिम्याट खाता खोल्दा के–के कागजात आवश्यक पर्छ?
 
नयाँ लगानीकर्ताले  डिम्याट खाता खोल्दा नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो आवश्यक पर्छ र नाबालिकको हकमा 
नाबालिकको जन्मदर्ता प्रमाणपत्र
अभिभावकको नागरिकता 
नाबालिक र अभिभावक दुवैको पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्छ ।
 
आस्बा प्रणालीले आईपीओ भर्ने प्रक्रियालाई कसरी सजिलो बनाएको छ?
आस्बा प्रणालीबाट आइपीओ भर्दा लाइनमा बसेर भर्नु पर्दैन। यसबाट घरमैं बसेर आइपीओ अप्लाइ गर्न सकिन्छ । शेयर आवेदन गर्दा खाताबाट रकम सिधै काटिँदैन, ब्लक मात्र हुन्छ. शेयर नपरेमा रकम फुकुवा भएर फेरि खातामा उपलब्ध हुन्छ
 
आईपीओ भर्दा धेरैले गर्ने सामान्य गल्तीहरू के–के हुन्?
 
आईपीओ भर्दा धेरै ग्राहकले आफ्नो मेरोसेयरको पासवर्ड वा सीआरएन नम्बर बिर्सिने समस्या भोग्ने गर्छन्। कतिपय अवस्थामा गलत कम्पनीको आईपीओ वा गलत कित्तासमेत आवेदन गर्ने गरेका छन्।
 
आईपीओमा धेरै आवेदन पर्नुको मुख्य कारण के हो ?
हाल डिम्याट खाताको फाइदाबारे सर्वसाधारणमा चेतना बढ्दै गएको छ। साथै, थोरै रकमबाट पनि आईपीओमा आवेदन दिन सकिने भएकाले पछिल्लो समय आईपीओमा अत्यधिक आवेदन पर्ने गरेको छ।
 
तपाईंहरूको बैंकमार्फत आईपीओ भर्ने प्रक्रिया कत्तिको छिटो र सुरक्षित छ ?
 
अहिले हाम्रो बैंकले मोबाइल बैंकिङमा ‘माइ फिचर’ सुविधा ल्याएको छ, जसको माध्यमबाट ग्राहकले आफ्नै मोबाइल बैंकिङ एपबाट सहज रूपमा आईपीओ भर्न सक्नेछन्। मेरो सेयरबाट आईपीओ भर्दा लगइन पासवर्ड र सीआरएन नम्बर सम्झिरहनुपर्ने झन्झट हुँदैन। एकपटक मोबाइल बैंकिङसँग लिंक गरेपछि आईपीओ आवेदन प्रक्रिया निकै सरल र सहज हुन्छ। यसका साथै सीआरएन नम्बर नलिएका ग्राहकले पनि बैंकमा उपस्थित नभईकन मोबाइल बैंकिङमार्फत नै सीआरएन नम्बर प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यस सुविधाले समयको बचत गर्नुका साथै आईपीओ आवेदन प्रक्रियालाई थप सहज, छिटो र सुरक्षित बनाएको छ।
 
ग्रामीण क्षेत्रका मानिसहरूलाई आईपीओमा सहभागी गराउनकालागी के पहल गरिएको छ?
 
ग्रामीण क्षेत्रका मानिसहरूलाई आईपीओ भर्नकालागी हाम्रो शाखाका कर्मचारीहरूले सहयोग गरिरहनु भएको छ। हाम्रो बैंकको २०० शाखाहरू विभिन्न स्थानमा रहेका छन्, जहाँ बैंकमै गएर फम  भरेर पनि आईपीओ आवेदन दिन सकिने व्यवस्था छ।
 
नयाँ लगानीकर्ताले सेयर बजारमा प्रवेश गर्दा के कुरामा ध्यान दिनुपर्छ?
 
नयाँ लगानीकर्ताले सेयर बजारमा प्रवेश गर्दा आफूले कुन आईपीओ भर्न लाग्नुभएको हो, त्यो सम्झेर मात्र भर्नुपर्छ। युजरनेमरपासवर्ड पनि याद राख्नुपर्छ। Username / Password  कसैसँग पनि बाँड्नु   हुँदैन र  नियमित रूपमा खाता विवरण जाँच गर्नुपर्छ।
 
डिम्याट र आईपीओ सम्बन्धी सेवा सुधारका लागि बैंकको आगामी योजना के छ?
 
डिम्याट र आईपीओ सम्बन्धी सेवा सुधारका लागि बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था गर्ने र आस्बा फिचरलाई धेरैभन्दा धेरै ग्राहकसम्म पुर्‍याउने योजना बनाएको छ।
 
आम नागरिकलाई लगानीबारे तपाईंले के भन्न चाहनु हुन्छ?
 हामी कहाँ बिना झन्झट डिम्याट खाता खोल्न सकिन्छ। थोरै पैसाबाट पनि लगानी सुरु गर्न सकिन्छ। डिम्याट र आस्बा सुविधाबारे राम्रोसँग बुझेर मात्र लगानी गर्न म आग्रह गर्न चाहन्छु।