Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

साउन १ देखि सर्वोच्च अदालतमा डेढ साता नियमित सुनुवाइ प्रभावित हुने

नयाँ आर्थिक वर्षका लागि लगत सार्ने प्रक्रियाका कारण आगामी साउन १ गतेदेखि सर्वोच्च अदालतको नियमित सुनुवाइ करिब डेढ सातासम्म प्रभावित हुने भएको छ।

सर्वोच्च अदालत प्रशासनका अनुसार साउन ११ गतेदेखि मात्रै नियमित सुनुवाइ पुनः सञ्चालन हुनेछ। हरेक नयाँ आर्थिक वर्षको सुरुवातमा लगत सार्ने कार्यका लागि नियमित सुनुवाइ स्थगित गर्ने अभ्यासअनुसार यस वर्ष पनि सुनुवाइ प्रभावित हुन लागेको हो।

यसअघि यस्तो प्रक्रिया दुई सातासम्म लम्बिने गरे पनि यस वर्ष ११ दिनमै सम्पन्न गरी नियमित सुनुवाइ सुरु गर्ने तयारी गरिएको सर्वोच्च अदालतले जनाएको छ।