Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

पृथ्वी जयन्तीमा नेपाली सेनाको विशेष समारोह (फाेटाे फिचर)

नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष समारोहको आयोजना गरी मनाइरहेको छ । देश तथा विदेशमा रहेका नेपाली सेनाहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन् । 

sena.png

शुक्रबार जङ्गी अड्डामा एक विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पाहार अर्पण गरे ।

sena1.png

यसै सिलसिलामा पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन पाँचवटा पल्टन (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी–हाल बर्दबहादुर तथा सबुज)को झण्डा र दिपज्योतिसहित सुरु भएको एकीकरण मार्ग पदयात्रा समापन भएको घोषणा गरिएको छ । 

2.JPG

गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेको पदयात्राको टोलीले शुक्रबार बिहान पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखेर नगर परिक्रमा गरेको थियो । परिक्रम पश्चात् जङ्गी अड्डामा पुगेर विशेष समारोहमा सरिक भएको थियो । 

3.JPG

समारोहमा कविता प्रतियोगिताहरुबाट छानिएका कविताहरुको सँगालो ‘वीरताका गाथाहरु’ प्रधान सेनापतिले विमोचन गरे । कविता संग्रहमा सैनिक र गैरसैनिक सर्जकहरुका ८४ वटा कविताहरु संकलित छन् । 

4.JPG

यसैगरी यस वर्षको कविता प्रतियोगिताका उत्कृष्ट कविताहरुको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राहरुबाट लघुनाटक प्रस्तुत गरिएको थियो ।

sena2.png

कार्यक्रममा सुदिप थापा तथा रामप्रसाद कँडेलले नेपाली सेनासँगको सहकार्यमा निर्माण गरिएको थ्रिडी एनिमेटेड पृथ्वीनारायण वृत्तचित्र प्रदर्शन गरिएको थियो ।