Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कांग्रेसले ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ऐतिहासिक निर्णय गर्ने बेला आएको बताएका छन् । उनले बीपी कोइरालाको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन । त्यस्तो समय पनि थियो एक व्यक्तिले भाषण गरेपछि त्यसमा स्वाद मानेर महिनौं बिताउने हामी पनि हौं,’ उनले भने, ‘अहिलेको यो समयले यो कांग्रेसलाई एक थान भाषणको निम्ति होइन गम्भीरतापूर्वक ऐतिहासिक निर्णय पनि गर भनेको छ । यो कुरा बुझ्नुपर्छ ।’

‘इतिहासले हामीलाई सम्झाइरहेको छ । हामीलाई खबरदारी गरिरहेको छ । इतिहासको खबरदारी भनेको सचेत गराएको हो,’ उनले भने ।

उनले अहिलेको समयमा इतिहासले पार्टी नेता तथा कार्यकर्तालाई खबरदारी गरिरहेको भन्दै उक्त खबरदारी चेतलाई महसुस गरिरहेको जिकिर गरे ।