Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेप्से बढ्दा लगानीकर्ता उत्साहित

नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका एक करोड ७७ हजार २२२ कित्ता शेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने स्नो रिभरको शेयर १३.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पनिंग मिल्सको २८  करोड ३३ लाख बराबरको कारोबार भएको छ भने अन्खुखोला जलविद्युतको २७ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।