Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

काठमाडौंमा मनाईंयो टोपी दिवस (फोटो फिचर)

 राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

topi diwas1.png

राष्ट्रिय फोटो पत्रकार संघको आयोजनामा बसन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली ढाका टोपी र नेपाली पोसाक लगाएर टोपी दिवस मनाइएको हो । 

topi diwas2.png

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार संघका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने उद्देश्यले टोपी दिवस मनाइएको बताए ।

topi diwas3.png

उनले भने, ‘यो दिवस मनाउदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष बनाउनु हुन्न भन्ने होईन, तर हाम्रो नेपाली टोपी सहित, नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने हो भने अझै बढि नेपालीपन झल्किन्छ की भन्ने हो । त्यसैले हामीले यो कार्यक्रम सञ्चालन गरेको हो ।’

topi diwas6.png

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए ।topi diwas10.png

पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको छ । 

topi diwas7.png

जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

topi diwas1.png

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।  विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।