Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आजबाट आमरण अनसन सुरु गर्दै डा. गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा.गोविन्द केसीले  सत्याग्रह सुरु गर्न लागेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

डा। केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन् । डा. केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरेको १० दिन मात्र भए पनि डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका हुन् ।  डा केसीले यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने सहित सरकारी अस्पतालमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निशुल्क औषधिहरू सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने मागहरू रहेका छन् ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनेस् चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउनेस् जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्नुपर्ने माग अगाडि सारेका छन् ।