Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

‘सूत्रपातदेखि सम्पूर्णता’ चित्रकला प्रदर्शनी काठमाडौंमा सुरु

कलासाधक स्वर्गीय पुरन खड्काद्वारा सिर्जित ‘सूत्रपातदेखि सम्पूर्णता’ चित्रकला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।

 

Photo (2).jpgआजदेखि सुरु भएको प्रर्दशनी यही मंसिर २८ गते सम्म चल्ने प्रर्दशनीको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली उद्घाटन गरेका हुन् । 

Photo (3).jpg

ललितकला प्रज्ञा प्रतिष्ठानको समसामयीक चित्रकला विभाग प्रमुख सन्जय बान्तवाले कलाकारहरुलाई संरक्षण, संवद्र्धन गर्नको लागि प्रदर्शनी महत्वपूर्ण भएको बताए ।Photo (4).jpg

पुरण खड्का राष्ट्र र कला क्षेत्रको लागि त्यागी र सम्झना लायक स्रष्टा भएको भन्दै राज्यले पनि यस्तो कलाकारका कलाहरुलाई संवद्र्धन गर्नुपर्ने बताए ।

Photo (5).jpg

‘ललितकला प्रज्ञा प्रतिष्ठानले, मुख्य तीनवटा कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ । एउटा कलाकारहरुलाई सम्झिने, अर्को कलाकारहरुलाई चिन्ने र उनीहरुलाई सम्मान गर्ने यो तीनवटा कुरा मध्यमा हाम्रा जति पनि अग्रज कलाकारहरु छन्, जो यो कला क्षेत्रमा आफ्नो जीवन त्याग गर्नुभयो त्यस खालको व्यक्तित्वहरुलाई हामीले कसरी चिन्ने भनेर कुराहरु गर्दै गर्दा यस्तो खालको कार्यक्रम मार्फत त्यस्ता कलाकारहरुको त्याग र सिर्जनाहरुको र जीवनभर गरेको चित्रहरुलाई हामीले यसरी जनमानसमा ल्याउँने हो भने नयाँ कलाकारहरुलाई प्रेरणा मिल्ने छ ।’ उनले भने ।Photo (7).jpg