Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई हराउँदै पारस सचिवमा निर्वाचित भएका हुन् । कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याए भने प्रशान्तले ३७ मत ल्याए । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए । उनी यसअघि बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।