Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसिया कप क्रिकेट: भारतविरुद्ध श्रीलंकाको खराब सुरुवात

एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आयोजक श्रीलंकाले खराब सुरुवात गरेको छ । भारतविरुद्ध जारी खेलमा १२ रन जोड्दा श्रीलंकाले ५ विकेट गुमाएको छ । भारतका लागि मोहम्मद सिराजले खेलको चौथो ओभरमा ४ विकेट लिएपछि श्रीलंका संकटमा परेको हो । कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा जारी खेलमा टस जितेको श्रीलंकाले पहिले ब्याटिङ गरिरहेको छ ।