Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

जापानलाई उछिन्दै चीन बन्यो संसारकै सबैभन्दा बढी कार निर्यातकर्ता

जापानलाई उछिन्दै चीन संसारकै सबैभन्दा बढी कार निर्यातकर्ता बन्न पुगेको छ। यससँगै दशकौंदेखि युरोपेली, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरूको रजगज सकिएको छ।चीनले वर्षौदेखि संसारसँग प्रतिस्पर्धा गर्ने औद्योगिक नीति लिएपछि उसले कार उत्पादन बढाएको थियो। त्यसो त, कार खपतमा संसारमै बढी देखिएको चीनमा केही समययता क्रमशः घट्दो क्रममा छ। उत्पादन बढ्दो तर खपत घट्दो हुँदा, उसले आफ्ना कारहरू निर्यातमा जोड दिइरहेको छ। वैकल्पिक इन्धन (इभी)का कारहरूमा यतिबेला चीनको बिवाइडीले सबैलाई उछिनेको छ। सन् २०२१ मा दक्षिण कोरियालाई चीनले कार निर्यातमा उछिनेको थियो। त्यस्तै जर्मनीलाई २०२२ मा उछिनेको थियो भने यस वर्ष जापानलाई उछिन्ने मुडिज डेटाले जनाएको छ। चीनमा सन् २०१७ मा नै घरेलु कार खपत उच्च बिन्दुमा पुगेको थियो। तथापि चीनमा विदेशी कम्पनीका साथै घरेलु कम्पनीले पनि आफूलाई अब्बल साबित गर्न उत्पादनलाई जारी राखे। कारको उत्पादन बढ्ने र बिक्री कम हुने अवस्थाले यतिबेला अढाई करोड कार अझै पनि प्रयोगविहीन अवस्थामा रहेको अटामोबिलिटी नामक संस्थाका सल्लाहकार तथा क्रिसेलर कम्पनीका चीन सल्लाहकार बिल रुसो बताउँछन्।